काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तालाई सक्नेले छोडौं नसक्नेलाई जोडौं अभियान सुरु गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् ।
उनले आगामी आर्थिक वर्षदेखि बाल पोषण भत्ता भने हाल दिँदै आएको ५ सय रुपैयाँबाट बाढाएर मासिक १० हजार रुपैयाँ बनाउने घोषणा पनि गरेका छन् । हाल सरकारले सामाजिक सुरक्षा भत्ता मासिक ४ हजार रुपैयाँससम्म दिँदै आएको छ ।































