प्रेमले चोरेरै किने घर र गाडी, भेटियो ६ करोड बढी अवैध सम्पत्ति !

काठमाडौं । सामान्यतया चोरी गर्नेहरू जीविकोपार्जन वा मोजमस्तीका लागि यो बाटो रोज्छन् । तर, बाँकेका ४१ वर्षीय प्रेम थारू (जसलाई सुप्रिम, विकास र सौरभ चौधरीका नामले पनि चिनिन्छ) को कथा भने फरक छ । उनले चोरीलाई नै एउटा सफल ‘व्यवसाय’ जस्तो बनाएर करोडौंको सम्पत्ति जोडेको खुलासा भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत माघ २१ गते नागार्जुनको रामकोट (पुरीगाउँ)बाट गोली चलाएर नियन्त्रणमा लिएका थारूविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा चोरीसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा दर्ता भएको छ ।

प्रहरी अनुसन्धानका क्रममा थारूले चोरीकै रकमबाट बाँकेको कोहलपुरमा साढे ३ तले पक्की घर बनाएको र ९८ लाख रुपैयाँमा टोयोटा हाइलक्स गाडी खरिद गरेको खुलेको छ । उनले करिब ५-७ वर्षअघि ४० लाखमा २ कठ्ठा जग्गा किनेर सो घर बनाएका थिए ।

थारूले ९८ लाखमा किनेको ‘प्रदेश ०३-०२३ च ४२२८’ नम्बरको हाइलक्स गाडी गत पुस १८ गते बुटवलका देवीलाल वलीलाई ५५ लाखमा बिक्री गरेको दाबी गरे पनि प्राविधिक रूपमा उक्त गाडी अझै उनकै नाममा रहेको पाइएको छ ।

प्रहरीले उनको कुल ६ करोड २२ लाख १६ हजार २१६ रुपैयाँ बराबरको सम्पत्ति अवैध देखिएको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।

गत माघ २० गते बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट दिउँसोको समयमा करिब ६५ तोला सुन (७६४.३५ ग्राम) र १ किलो १५२ ग्राम चाँदीसहित करोडौँको धनमाल चोरी भएको थियो । पीडितले करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका थिए ।

सोही घटनाको अनुसन्धानका क्रममा प्रहरीले माघ २१ गते उनलाई नियन्त्रणमा लिने क्रममा गोली चलाउनु परेको थियो, जहाँ उनको दाहिने खुट्टामा गोली लागेको थियो । पक्राउ पर्दा उनको साथबाट ठूलो परिमाणमा सुन, चाँदी र नगद बरामद भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित