दृष्टिविहीनद्वारा सरफ उद्योग सञ्चालन

गलकोट  । बागलुङ नगरपालिका–३ रात्माटामा नेत्रहीन कालिका सरफ उद्योग सञ्चालनमा ल्याइएको हो । नेत्रहीनले मागेर होइन पौरख गर्न सक्छन् भन्ने सन्देश दिने उद्देश्यले नगरको सहयोगमा उद्योग सञ्चालनमा ल्याइएको हो ।
‘सक्दैनौँ नहेर हेपेर
हामीलाई अपाङ्ग देखेर’
नेत्रहीन सङ्घ बागलुङका पूर्वअध्यक्ष हरिदत्त शर्माले नेत्रहिनले स्थापना गरेको उक्त उद्योगको उद्घाटनसत्रमा स्वागत गर्दै उक्त गीतको अंश उच्चारण गरे ।  अपाङ्गता भएका कारण समाजले हेर्ने दृष्टिकोणलाई बदल्न उद्योग सञ्चालनमा ल्याइ स्वरोजगारीमार्फत सहज रूपमा जीवनयापन गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको उनले बताए।
शर्माले गीतमा भने जस्तै अब नेत्रहीन मागेर हैन पौरख गर्न सक्दछ भन्ने सन्देश दिने अभिप्रायले नगरपालिकाले सहयोग गरेको नगर कार्यालयले जनाएको छ । तत्काल चार जनालाई रोजगारी दिनेगरी रु आठ लाख लागतमा कपडा धुनका लागि प्रगोग गरिने सरफ उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योगको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उद्घाटन गरे ।
नगरप्रमुख श्रेठले उद्योग स्थापनामा सघाएको बागलुङ नगरपालिकाले उद्योगबाट उत्पादन भएको सरफको बजारीकरणमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नगरले सोही सरफ प्रयोग गर्ने जनाउँदै बागलुङ बजारमा सरफको बजारीकरणमा नगरले सहजीकरण र समन्वय गर्ने बताए। उनले उद्योगको निरन्तरताका लागि नेत्रहीन सङ्घ सक्रिय भएर लाग्न आग्रह गरे ।
एक जना सबलाङ्गा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिएपश्चात् बागलुङको रात्माटाको सामुदायिक भवनबाट उद्योग सञ्चालनमा ल्याइएको प्रमुख श्रेष्ठले जानकारी दिए ।  उद्योग स्थापनाका लागि नगरले रु चार लाख सहयोग गरेको यहाँस्थित नेत्रहीन सङ्घका सचिव विकल थापाले बताए । उनका अनुसार आगामी दिनमा बागलुङका दृष्टिविहीन मागेर हैन गरेर खाने अवस्थामा पुग्ने विश्वास व्यक्त गरे ।
“अब दृष्टिविहीनहरू चोकमा गीत गाउँदै माग्दै हिँडेर भएन, उद्योगमा उत्पादन भएको सरफको बजारीकरण गर्दै हिँड्न पर्‍यो, कालिका शक्ति सरफ उत्पादन गरी बजारमा ल्याएका छौँ, हरेक दिन तीन सय प्याकेट उत्पादन क्षमता रहेको यस उद्योगलाई नगरले रु चार लाख सहयोग गरेको छ”, थापाले भने,  “बजारीकरणमा नगरले सहजीकरण गर्ने प्रतिबद्धता जनाएकाले नेत्रहीन साथीहरूले पनि कर्मचारीको सहयोगमा ‘प्याकेजिङ’ तथा बजारीकरणमा सघाउँन सक्नेछन् ।”
नेत्रहीन सङ्घका अध्यक्ष कुमार पुनले अब नेत्रहीन साथीहरू उद्यमी बन्ने वातावरण सङ्घले तयार गरेको बताए । उनले नगरपालिकाले दिएको सामुदायिक भवनबाट उद्योग सञ्चालनमा ल्याइएको जनाउँदै नेत्रहीनहरूले कम्तीमा घर खर्च चलाउने वातावरण सृजना गर्न उद्योग सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित