काठमाडौं । ‘रोमानिया पठाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–२ घर भएर काठमाडौँ स्थित बाङगेमुढा ढाल बहादुर बुढाथोकी छन् ।
५० वर्षीय ढालबहादुर बुढाथोकीलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी ९एसपी० रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
बुढाथोकीले २१ लाख ३६ हजार रुपैयाँ ठगी गरेको आरोप छ । उनको समूहले १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाएर फुड प्याकिङमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भनेर प्रलोभनमा पारेका हुन् । पीडितहरूबाट पटक पटक रकम लिएपनि उनीहरू सम्पर्क विहीन भएका थिए ।
आरोपीलाई असनबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसपी रेग्मीले जानकारी दिए ।