काठमाडौं । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘हल्कारा’ को बुधबार साँझ प्रिमियर गरिएको छ । वान सिनेमाज मल्टिप्लेक्समा गरिएको प्रिमियरका नेतादेखि कलाकारसम्मको बाक्लो उपस्थिति रहेको थियो ।
सांसदहरू रघुजी पन्त, ज्ञानेन्द्र शाही र एमाले नेता प्रदीप ज्ञवाली, अभिनेता राजन खतिवडा, मुकुन भुसाल लगायत प्रिमियरमा सहभागी थिए । प्रिमियरमा सहभागी अधिकांशले फिल्म मन परेको प्रतिक्रिया दिए । फिल्मका निर्देशक विक्रम सापकोटा, अभिनेता महेश त्रिपाठी, अभिनेत्री विनिता थापामगर प्रिमियरमा सबैको आकर्षणको केन्द्र बनेका थिए ।



































