अर्थमन्त्री वाग्लेले ल्याए साढे ६ खर्ब घाटाको बजेट

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साढे ६ खर्बबढी घाटाको बजेट ल्याएका छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को आय व्ययसहित २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट ल्याएको जानकारी दिए ।

जसमध्ये खर्चको स्रोत व्यहोर्ने स्रोततर्फ राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ व्यवस्थापन गर्ने जनाएको सरकारले वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड व्यहोर्दा जनाएको छ ।

यसो गर्दा बजेट खर्चका लागि ६ खर्ब ५७ अर्ब स्रोत न्यून हुन जान्छ । उक्त घाटा पूर्ति गर्न सरकारले वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब २८ करोड लिने सरकारले जनाएको छ । यसैगरी ४ खर्ब १० अर्ब आन्तरिक ऋणबाट उठाउँने अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जानकारी दिए ।

विनियोजित कुल २१ खर्ब २४ अर्ब ३१ करोड बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरेको छ ।

उक्त बजेट संशोधित चालु आर्थिक वर्षको बजेटको तुलनामा २५ प्रतिशतले बढी हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित