आज यी भू-भागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान

काठमाडाैं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ। यतिबेला कोसी तथा मधेस प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ।

कोसी र मधेस प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। यी दुई प्रदेशका केही भूभागमा राति पनि वर्षा भएको थियो।

देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थनमा दिउँसो मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

देकका बाँकी प्रदेशका एकदुई स्थानमा पनि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातकोसमेत रम्भावना छ। आज राति पनि कोसी, मधेस र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ।

कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

त्यसैगरि कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित