आयोगको ठहर : सुधन गुरुङले भिडको नेतृत्व गरेपछि सुरक्षाकर्मीसँग झडप

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङले गत भदौ २३ गतेको जेनजी प्रदर्शनमा भिडको नेतृत्व लिएपछि सुरक्षाकर्मीसँग झडप भएको खुलासा गरेको छ ।

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका मानवअधिकार हननका घटना छानबिन गरी आयोगले तयार पारेको प्रतिवेदनमा सो खुलासा गरिएको छ ।

भदौ २३ गते एभरेष्ट होटेलअगाडि अन्दाजी २०/२५ हजार भिड जम्मा भइसकेपछि करिब १२ बजेको समयतिर हामी नेपाल संस्थाका सुधन गुरुङले भिडको नेतृत्व गरेको आयोगले प्रतिवेदनमा पुष्टि गरेको छ ।

“यसरी निज गुरुङले नेतृत्व लिएपश्चात प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा व्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप भई हुलदंगामा परिणत भएको देखिन्छ । तत्पश्चात मात्रै सुरक्षाकर्मीबाट अश्रु ग्याँस र पानीको फोहोरा प्रयोग भएको पाइयो,” प्रतिवेदनमा भनिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित