सरकारसँग ५ बुँदे सहमतिपछि रुबी खानले २३औँ दिनमा तोडिन् अनशन

बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो।

सरकारसँग ५ बुँदे सहमतिपछि रुबी खानले २३औँ दिनमा तोडिन् अनशन
काठमाडौं । अनशनरत अधिकारीकर्मी रुबी खान र सरकारका प्रतिनिधिबीच बुधबार पाँचबुँदे सहमति भएको छ। सहमति भएसँगै उनले २३ औँ दिनमा अनशन तोडेकी छन्। खान बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै अनशनरत थिइन्। बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो। उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशिलसिंह राठौर, गृह मन्त्रालयका सहसचिव एव प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल थिइन्। दाहालले खानलाई पानी खुवाएर अनशन तोडाएकी हुन्। सहमतिपछि खानले प्रधानमन्त्री शाह र सरकारका प्रतिनिधिप्रति कृतज्ञता व्यक्त गरिन्।