काठमाडौं । नेकपा (एमाले) का चार उपाध्यक्षहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।
शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकमा धारणा राखेका पाँच उपाध्यक्षमध्ये बिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त ले ओलीको राजीनामा मागेका हुन् ।
एमालेलाई कमजोर अवस्थामा पुर्याएको जिम्मावारी लिँदै ओलीले राजीनमा दिनुपर्ने र नेतृत्वको हस्तान्तरण हुनुपर्ने उनीहरुको माग थियो । बादल भने ओलीको प्रतिरक्षामा उभिए ।
ओलीले भने राजीनामा नदिने अडान लिएका छन् ।

































