स्कूटर दुर्घटनामा एक युवकको मृत्यु

बागलुङ । पर्वतको चुवामा गएराति स्कूटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरी कुनादीका ३२ बर्षका सागर कार्की रहेका छन् ।

सोमबार राति १० बजे कुश्माबाट पोखरातर्फ आउँदै गरेको ग२१प ९५ नम्बरको स्कूटर सडक छेउको बारमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा-बागलुङ सडकखण्डमा पर्ने कुश्मा नगरपालिका वडा नं. ८ चुवामा सो दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीलाई तत्काले उद्धार गरि जिल्ला अस्पताल पुर्याइएको थियो । त्यहाँ सामान्य उपचारपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । पोखरा ल्याउने बित्तिकै कार्कीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले सिसि क्यामेराको माध्यममार्फत दुर्घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित