काठमाडौं । ६ जना सहसचिवको सरुवा भएको छ । सरुवा सूचीअनुसार पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सिडीओ) बनाएर पठाइएको छ।
अध्यागमन कार्यालय गौतमबुद्ध विमानस्थलका प्रमुख अध्यागमन अधिकृत निश्चलराज पाण्डेलाई दाङको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।
यसैगरी, कारागार व्यवस्थापन विभागका महानिर्देशक शशीधर घिमिरेलाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यसैगरी, ललितपुरको प्रमुख जिल्ला अधिकारीमा नरहरि घिमिरे, भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा विनोद कुमार खड्काको सरुवा भएको छ ।
यस्तै, रुपन्देहीको प्रमुख जिल्ला अधिकारीमा विश्व प्रकाश अर्यालको सरुवा भएको छ ।



































