स्वास्थ्य बीमा : निजी अस्पतालमा अब आकस्मिकबाहेक अन्य सेवा नपाइने

काठमाडौं । सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ । बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिकबाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको जनाएको छ । बोर्डको ११ जेठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको भन्दै बीमा बोर्डले १६ जेठ अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने उल्लेख छ ।

यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौँ निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने भएको छ । आकस्मिक सेवा भने यथावत् रहने बोर्डले जनाएको छ ।

बीमा बोर्डका अनुसार अहिलेसम्म सेवाप्रदायक सस्थालाई १६ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।

निजी अस्पतालहरूले लामो समयदेखि सरकारले स्वास्थ्य बीमावाफर्तको भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए ।

सरकारले भुक्तानी गर्न नसकेपछि निजी अस्पतालहरूले बीमा कार्यक्रममार्फत सेवा उपलब्ध गराउन नसक्ने बताउँदै आएका थिए । कतिपय सरकारी अस्पतालहरूले नै बीमा कार्यक्रममार्फत प्रदान गर्दै आएको सेवा बन्द गरिसकेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित