काठमाडाैं । थापाथली क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका प्रल्हाद खड्का निर्वाचित
काठमाडौं । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका प्रल्हाद खड्का निर्वाचित भएका छन् । विद्युतीय भोटिङ मेसिनमार्फत भएको मतदानमा एक हजार ७०७ विद्यार्थी सहभागी भएका थिए ।
स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्षमा नेविसंघकै ऋषिकेश प्रजापती निर्वाचित भएका छन् ।


































