गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ : चन्द्र ढकाल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको गण्डकी क्षेत्रमा व्याप्त रहेको पर्यटनको प्रचुर सम्भावनाको उजागर गर्नुपर्नेमा जोड दिएका छन् ।
बागलुङ जिल्लाको बागलुङ नगरपालिका १२ मा अवस्थित बलेवा कालभैरवमा आयोजित ‘हरेलो मेला’को आज उद्घाटन गर्दै उनले गण्डकी प्रदेशमा प्राकृतिक मात्र नभएर धार्मिक, सांस्कृतिक पर्यटनको पनि अधिक सम्भावना रहेकाले यसको उजागर गर्न स्थानीय आफैँ लाग्नुपर्नेमा जोड दिए ।
निवर्तमान अध्यक्ष ढकालले भने, “मुक्तिनाथमा हाल भारतीय पर्यटकको आगमन बढ्दै गएको छ । मुक्तिनाथ पुग्ने नेपालकै आन्तरिक पर्यटक पनि दिनप्रतिदिन बढ्दैछन् । बागलुङ बजार मुक्तिनाथ र रारा ताल जाने नेपालीकै ‘ट्रान्जिट’ जस्तै बनेको छ । ती पर्यटकलाई बागलुङ बजार तथा पर्यटकीय बलेवा भैरवस्थानसम्म पुग्ने र बास बस्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ भनेर योजना बनाउनुपर्दछ ।”
पूर्वअध्यक्ष ढकालले नेपाल आउने करिब ५० प्रतिशत पर्यटक पोखरा आउने भएकाले तिनलाई बागलुङसम्म ल्याउने र एक–दुई दिन बसाइँ लम्ब्याउने योजनामा लाग्न जिल्लाका पर्यटन व्यवसायीसँग आग्रह पनि गरे ।  नेपालका उत्तर र दक्षिणी छिमेकीसँग जोडिएको गण्डकी प्रदेशले ती छिमेकीको कम्तीमा पनि तीन अर्ब जनसङ्ख्याबाट फाइदा लिनसक्नुपर्ने उनको भनाइ छ ।
उनीहरूलाई नेपाल भित्र्याउने प्रभावकारी पर्यटन नीति र योजनाका साथ अघि बढ्न सकिएमा गण्डकी क्षेत्र मात्र नभएर नेपालको समग्र पश्चिम क्षेत्रकै भविष्य उज्ज्वल बन्ने उनले बताए । अध्यक्ष ढकालले हरेलो उत्सव नेपालको पश्चिम क्षेत्रकै एक मौलिक सांस्कृतिक परम्परा रहेकाले यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
बागलुङमा वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र अन्न प्रशस्त उत्पादन होस् भन्ने कामना गर्दै हरेक वर्ष भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने प्रचलन  छ । घर तथा खेतमै पुगेर गरिने हरेलो पूजा खेतीबाली र जमिनको पूजा हो । यसलाई प्रकृति अर्थात् जमिनको पूजा पनि भन्ने गरिन्छ ।
खेतमा धूपसहित पूजा गरेर मास, चामल, गहुँ, फापर, तोरी आदिबाट तयार पारिएका विभिन्न परिकार तयार गरी चढाउने गरिन्छ । यो मौलिक परम्पराको संरक्षण र सम्वर्द्धन होस् भन्ने उद्देश्यले बागलुङ नगरपालिका र बलेवा कालभैरव मन्दिर समितिको पहलमा केही वर्षदेखि हरेलो मेलाको आयोजना गरिँदै आइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित