रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जिव थापासहितका पूर्वपदाधिकारीहरू पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो ।

सीआईबीका एआईजी उमा चतुर्वेदीका अनुसार, जग्गा किन्ने क्रममा अनियमितता गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । सीआईबीले महिला, बालबालिका, लैङ्गि तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त भएको रेडक्रश सोसाइटी उपर भएको अनियमिता छानबिन प्रतिवेदनहरुको अध्ययन गर्दा ०७३ साल भदौ २२ गते प्रकाशित सूचना बमोजिम रेडक्रसको गोदाम घर सञ्चालनका लागि बिचौलियामार्फत भुक्तानी गरेको पाइएको हो।

भक्तपुर महानगरपालिका – ४ को ४ (क) मा कित्ता नं ८६३,४९६,४९७२५८१ क्षेत्रफल ५-१३-३-० खरीद गर्दा बोलपत्रमा उल्लेख भएको सर्त विपरीत मध्यस्थकर्ता (बिचौलिया) मार्फत खरीद गरी ६ करोड ३२ लाख ८१ हजार २५० भुक्तान गरेकोमध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले खाएको तथा खरिद गरेको जग्गाको नापी कार्यालय भक्तपुरबाट एकीन गराउँदा फिल्डमा जग्गा कम रहेको पाइएको हो।

यस प्रकरणमा मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ निकोसेरा बस्ने बर्ष ५२ को राजेश देशमरु, नुवाकोट समुन्द्रटार ६ स्थायी घर भई जिल्ला काठमाडौँ २६ मा बस्ने बर्ष ५७ को उमेश प्रसाद ढकाल, भक्तपुर चागुनारायण नगरपालिका-५ बस्ने बर्ष ५८ को मदन कृष्ण फोजु, उदयपुर कटारी ३ स्थायी घर भई हाल जिल्ला भक्तपुर मध्यपुरठिमी-१ बस्ने वर्ष ७० को संजिव थापा र काठमाडौ-१६ बालाजु बस्ने बर्ष ६७ को ईन्द्र बहादुर केसी रहेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित