काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकतालाई सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यले आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले विगत दुई दशकदेखि दिँदै आएको सेवालाई अझ प्रभावकारी बनाउन यो योजना ल्याएको हो।
यस योजनाअन्तर्गत ग्राहकले रु। ३ करोडसम्मको घर कर्जा अधिकतम २५ वर्षसम्मका लागि प्राप्त गर्न सक्नेछन्। घर कर्जाअन्तर्गत घर वा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा मर्मत गर्न र घर बनाउने प्रयोजनका लागि जग्गा खरिद गर्न चाहनेहरूले सहजै कर्जा पाउनेछन्।
त्यस्तै, सवारी साधन कर्जातर्फ व्यक्तिगत प्रयोजनका लागि सवारी खरिद गर्न अधिकतम ७ वर्षसम्मका लागि कर्जा उपलब्ध गराइनेछ। कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्रै डेलिभरी अर्डर उपलब्ध गराइने बैंकले जनाएको छ।
दुवै कर्जा योजनामा बैंकको औसत आधार दरमा थप ०.५० प्रतिशत मात्र ब्याजदर र सेवा शुल्क पनि ०.५० प्रतिशत मात्र कायम गरिएको छ।
यो सुविधा प्रभु बैंकका देशैभरि रहेका ३०० वटै शाखाहरूबाट उपलब्ध हुनेछ।































