दक्षिण कोरियाको सुओन सहरको पर्यटन दूतमा साहारा मोक्तान नियुक्त

काठमाडौं । दक्षिण कोरियाको सुओन सरहका लागि सामाजिक क्षेत्रमा क्रियाशील साहारा मोक्तान पर्यटन दूतमा नियुक्त भएकी छन् । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०८० साल फागुन १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट मोक्तान दक्षिण कोरियाको सुओन सहरका लागि पर्यटन दूत नियुक्त भएकी हुन् ।

मन्त्रालयले बिहीबार प्रेस विज्ञप्तिमार्फत् पर्यटन प्रवद्र्धक नियुक्ति सम्बन्धी कार्यविधिअनुसार विभिन्न देशका लागि २९ जना पर्यटन दत नियुक्तिको जानकारी समेत दिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका वडा नं। १ मा जन्मिएकी मोक्तान आगामी २ बर्षका लागि पर्यटन दूतमा नियुक्त भएकी हुन् । उनी पर्यटकीय प्रवद्र्धन तथा सामाजिक जागरणका क्षेत्रमा क्रियाशील छिन् ।

उनी विगत ५ वर्षदेखि दक्षिण कोरियाको योङगिन सहरमा बस्दै आएकी छिन् । पर्यटक दूतमा नियुक्त भएसँगै उनले नेपालको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सक्ने प्रयास र काम गर्ने बताइन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित