काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई असहयोग गरेको भन्दै प्रदेश सभाका तीन मन्त्रीसहित ७ सांसदलाई स्पष्टीकरण सोधेको छ।
बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले सात सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। कांग्रेस अनुशासन समितिले उनीहरूलाई पाँच दिनभित्र स्पष्टीकरण दिन भनेको छ।
कांग्रेसले लुम्बिनी प्रदेशका वनमन्त्री देवकरण प्रसाद कलवार (सन्तु), कोसी प्रदेश सभाका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रदीप सुनुवार र लुम्बिनीका यातायात तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलाई स्पष्टीकरण सोधेको छ। कलवार कांग्रेसका महासमिति सदस्य हुन् भने सुनुवार पूर्वकेन्द्रीय सदस्य हुन्।
त्यस्तै, लुम्बिनी प्रदेसका सदस्य राजु खनाल, मधेस प्रदेश सभा सदस्यहरू जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशिल किशोर रायलाई पनि स्पष्टीकरण सोधेको छ।
तीन मन्त्रीसहित ७ सांसदलाई कांग्रेसले सोध्यो स्पष्टीकरण