प्रभु बैंकद्वारा HRDC लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ७ लाख ५० हजारको चेक हस्तान्तरण

काठमाडौं । प्रभु बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ३, जनागाल, बनेपा–११, काभ्रेपलाञ्चोक स्थित Hospital and Rehabilitation Center for Disabled Children (HRDC) लाई रु ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ ।

उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरूमा बसोबास गर्ने शारीरिक रूपमा अशक्त तथा विपत्र बालबालिकाहरूको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनर्स्थापना सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न HRDC लाई सहयोग पुग्ने विश्वास गरिएको छ ।

एक कार्यक्रमका बिच प्रभु बैंक लिमिटेडका तर्फबाट मार्केटिङ्ग म्यानेजर सबिन सम्शेर राणाले HRDC का प्रमुख प्रशासन अधिकृत प्रकाश कुमार यादवलाई चेक हस्तान्तरण गरिएको हो ।

प्रभु बैंक लिमिटेडका नेपालभर ३०० शाखा कार्यालयहरू, २६१ एटीएमहरु साथै ६६ एक्सटेन्सन काउन्टरहरु मार्फत ३६ लाख भन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित