फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फरवार्ड लियोनल मेस्सीलाई दुई सातासम्मका लागि निलम्बन गरेको छ । अनुमतिबिना साउदी अरबको भ्रमण गरेपछि पिएसजीले उनलाई दुई साता निलम्बन गरेको हो ।
निलम्बन अवधिमा मेस्सीले पिएसजीको प्रशिक्षण र खेलमा सहभागी हुन पाउने छैनन् । क्लबले उनलाई जरिवानासमेत गरेको छ । मेस्सी साउदी अरेबियाको पर्यटन राजदूतको भूमिकामा रहेका छन् ।
उनले व्यावसायिक कामका लागि क्लबसँग यात्रा गर्न अनुमति मागेका थिए । तर, क्लबले अस्वीकार गरेको बताइएको छ । पिएसजीसँगको मेस्सीको दुई वर्षको सम्झौता यही समरमा सकिँदैछ । उनले हालसम्म पिएसजीका लागि ७१ खेलमा ३१ गोल गरेका छन् ।





























