केपी ओली र लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ।

आइतबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको हो। ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि प्रहरीले आइतबार जिल्ला अदालतमा निवेदन दिएको थियो।

सरकारी वकिलले हिरासतमै राख्नुपर्ने माग गरेको थियो भने ओली र लेखकको पक्षमा बहस गरेका कानुन व्यवसायीले हिरासत मुक्त गर्नुपर्ने जिकिर गरेका थिए।

पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो। पूर्वप्रधानमन्त्री ओली त्रिवि अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत बहसमा जोडिएका थिए। उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले अदालतमा उपस्थित गराउन नसकिने सुझाव दिएका थिए।

जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित