मनोहरामा सकुमवासी बस्ती हटाउँदा झडप: एक दर्जन बढी प्रहरी घाइते

काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रको सुकुमवासी बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको छ । शनिबार बिहानबाटै नदी किनारका बस्तीमा बनेका संरचना हटाउने क्रममा साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।

सो क्रममा संरचना भत्काउन पुगेको डोजरमाथि एक समूहमा आएका युवाहरू ढुंगामुढा गरेको प्रहरी स्रोतले बतायो । उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १ दर्जन कर्मचारी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

संरचना खाली गर्न गएको टोलीलाई स्थानीयले आज नगरी भोलि भत्काउन अनुरोध गरेको थियो ।

उनीहरूको अनुरोध स्वीकारेर फर्कन लागेको टोलीमाथि मादक पदार्थ सेवन गरेर हिंडेको समूह उत्तेजित भएर आक्रमण गरेको एक प्रहरी अधिकारीको दाबी छ । प्रहरीले आजका लागि काम रोकेर फर्किएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित