कटहरका रुख सुकेपछि किसान चिन्तित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ ।

विगत चार वर्षदेखि कटहरका बोट सुक्न सुरु गरेको यहाँका किसानको भनाइ छ । यस अवधिमा करिब एक हजार २०० कटहरका बोट सुकिसकेको स्थानीय ज्ञानमणि नेपालले बताउनुभयो । “चार वर्षदेखि कटहरका रुख सुक्न थालेपछि यहाँका किसान निकै चिन्तित देखिएका छन्, किसानहरु अहिले उपचार खोजिरहेका छन्”, उनले भने ।

कटहर फल्ने मण्डनदेउपुरको ज्वानेटार, जोगीटार, कान्तिटार तथा माथिल्लो भेग श्रीचौर तथा ज्याम्दीलगायतमा रहेका सयौँको सङ्ख्यामा बोट सुकिसकेका छन् । यस भेगमा तरकारी खाद्यान्नसँगै कटहरलाई आम्दानीको गतिलो स्रोत मान्ने गरेका किसान अहिले निराश भएको नेपालको भनाइ छ । उनी भन्छन्, “किन कटहरका रुख सुक्दै, मर्दै गए भन्नेमा किसान त अनविज्ञ छन् नै, कतैबाट सुक्नुका कारण पत्ता लागेको छैन, याममा एउटै बोटबाट १० हजारदेखि रु २५ हजारसम्म आम्दानी हुने गरेकोमा अहिले आम्दानी शून्य जस्तै भएको छ ।”

किसान पशुपति श्रेष्ठका बारी–कान्लामा केही वर्षअघिसम्म एक दर्जनभन्दा बढी कटहरका रुख थिए । जसमध्ये अहिले आठ वटा सुकिसकेको उनले बताए । बर्सेनि ४० हजारको कटहर बेच्दै आएका उनले अहिले कटहर बेच्नै नपाउने अवस्थामा पुगेका छन् । “अलिअलि फल्दैछन्, ती बाँकी बोट पनि कहिले सुक्ने हुन्, अब त रुख काटेर बाल्नुपर्ने अवस्था आउन थाल्यो”, श्रेष्ठले भने ।

एउटै बोटमा तीन सयदेखि चार सय वटासम्म कटहर फल्ने गरेकामा अहिले एक सय ५० वटा फल्म पनि मुस्किल हुन थालेको छ । कटहरका रुखमात्र सुक्न थालेपछि किसानहरु यसबारे अध्ययन हुनुपर्नेमा माग गर्दै आएका छन् ।

यस क्षेत्रमा करिब दुई हजारको हाराहारीमा कटहरका रुख छन् । यो कृषि–विज्ञका लागि चुनौतीको विषय बनेको चण्डेनीमण्डनका सामाजिक अगुवा अध्यक्ष हरिप्रसाद नेपालको बुझाइ छ । “कृषि विज्ञको टोलीले अनुसन्धान गरिरहेका छन्, रुखको जरामा ढुसी परेकाले सुकेको भन्ने प्रारम्भिक प्रतिवेदन आएको सुनिएको छ”, उनले भने ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित