काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंबाट दुबईका लागि उडेको जहाजमा चरा ठोकिएको भ्रम फैलाउने दुई जना म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।
प्राधिकरणले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको हो ।साथै उनीहरुको एयरपोर्ट पाससमेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ ।
यस अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि चरा ठोकिएको पुष्टि नभएको जानकारी गराएका थिए । गाईभैँसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेको भन्दै उनले नकरात्मक हल्ला गर्ने बानी छाड्नका लागि आग्रह गरेका थिए ।



























