सार्वजनिक जग्गामा बनेका घरटहरा खाली गर्न प्रशासनको उर्दी, शुक्रबार डोजर चल्ने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नदी किनारका अनधिकृत, जोखिमपूर्ण बस्तीहरू तत्काल खाली गर्न सूचना जारी गरेको छ।

वैशाख १८ गते बिहान ७ बजे काठमाडौँका विभिन्न स्थानबाट त्यस्ता बस्ती खाली गर्ने चेतावनी दिँदै प्रशासनले भोलि (१७ गते) भित्र घरटहरा खाली गर्न निर्देशन दिएको हो।

बुधबार जारी सूचनामा काठमाडौं जिल्ला प्रशासनले भनेको छ, ‘काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरूका नदी किनाराका वस्ती एवम् सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसोबास भै आएका वस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवम् विपदको जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौँ जिल्ला भरी मिति २०८३ वैशाख १८ गते विहान ७ः०० बजेदेखि एकै पटक विभिन्न स्थानहरुबाट सुरु हुनेछ।’

प्रशासनले २०८३ वैशाख १७ गते साँझसम्म पूर्ण रुपमा घर टहरा खाली गर्न भनेको छ। वास्तविक रुपमा आश्रय लिनुपर्ने व्यक्ति र परिवारलाई नेपाल सरकारले तत्काल व्यवस्थापन गरेको स्थानमा बसोबासको व्यवस्था गर्ने प्रशासनले जनाएको छ। प्रशासनले कोही कसैको गलत हल्ला, दवाव, प्रभाव वा अफवाहका पछाडी नलाग्नसमेत सूचनामा भनेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित