पढाइसँगै गायन क्षेत्रलाई अगाडि बढाउँदै सिम्रन परियार

रासस, बागलुङ । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ ।

मुटुमै घाउ छ’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तानेको छ ।

“गायनसँगै पढाइलाई निरन्तरता दिन काठमाडौँबाट बागलुङ फर्केकी छु”, परियारले भनिन्, “विद्यालय र बागलुङ नगरपालिकाको सम्मानले थप उत्साहित भएकी छु, पढाइसँगै गायन क्षेत्रलाई अगाडि बढाउने उद्देश्य छ ।”

कक्षा पाँच पढ्दादेखि नै गीत गाउन सुरु गरेको परियार बताउछिन् । “विभिन्न सर्जकले गीत आउने अवसर दिन थाल्नुभएको छ”, उनले भनिन् । परियारले भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताइन् । केही दिनअघिसम्म गाउँघरमै सीमित उनको पहिलो गीत नै चर्चामा छ । गायक प्रमोद खरेलसितको स्वरको ‘उसलाई पाउन २’ को गीत शुक्रबार मात्र सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमार्फत प्रतिभा बाहिर ल्याएर चर्चामा रहेकी गायिका परियारलाई गृह नगर बागलुङ नगरपालिकाले हालै ३० हजार नगदसहित सम्मान गरेको छ । उनी पहिलोपटक स्टेज शो कार्यक्रमसमेत गर्न सफल भएकी छिन् । यही भदौ ५ गते दोस्रो हरेलो मेलामा परियारले आफ्नो गीत प्रस्तुत गरेकी थिइन्। उनको स्वरलाई धेरै श्रोताले रुचाएका छन् । परियारका केही गीत सार्वजनिक हुन बाँकी छन् ।

“मलाई गीत गाउने पहिलो अवसर गायक सुनिल बिसीले दिनुभएको हो”, उनले भनिन्। गायक प्रमोद खरेलको गीत आफुलाई औधी मनपर्ने परियारको भनाइ छ । “खरेलसँगै गीत गाउने अवसर पाउँदा खुसी लागेको छ”, उनले भनिन् । खरेलले साङ्गीतिक शिक्षा लिन आग्रह गरेको परियारले सुनाइन्। गायनलाई निरन्तरता दिन प्रधानाध्यापक छविरमण रेग्मीले समेत परियारलाई सुझाव दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित