रूकु कार्कीको ‘जीवनका विविध आयाम’ लोकार्पित

निबन्धकार रुकु कार्कीको निबन्ध कृति जीवनका विविध आयामको लोकार्पण गरिएको छ । शङ्कर लामिछाने प्रतिष्ठान तथा मातृभूमि साहित्य समाज, हेटौंडाले जेठ २५ गते थाहा पुस्तकालय, काठमाडौँमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आख्यानकार माया ठकुरीले उक्त कृतिको लोकार्पण गरेकी हुन् ।

प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि माया ठकुरीले रुकु कार्कीको लेखन यात्राको आफू पनि साक्षी रहेको बताउँदै नयाँ कृतिका लागि बधाई दिइन् । वरिष्ठ साहित्यकार प्राडा. गोविन्दराज भट्टराईले कार्कीको ‘बन्धनबाट मुक्ति’ कृतिबाट आफू अत्यन्त प्रभावित भएको बताउँदै नयाँ कृति पनि उत्तिकै पठनीय भएको धारणा राखे ।

कृतिको समीक्षा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले व्यक्ति, घटना र विषय केन्द्रित निबन्धहरू रहेको लोकार्पित कृतिमा निबन्धकारका विचार र धारणाहरू स्पष्टसँग आएको उल्लेख गरे । वरिष्ठ समालोचक ज्ञानु अधिकारीले रुकु कार्कीले आफ्ना निबन्धहरूमा आफूलाई इमानदारीका साथ प्रस्तुत गरेको बताउँदै उनका निबन्धहरू ‘अर्गानिक’ भएको बताइन् ।

यसैगरी सो कार्यक्रममा मातृभूमि साहित्य समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको मायादेवी मातृभूमि साहित्य पुरस्कार गङ्गा कर्माचार्य पौडेल, मायादेवी साहित्य सेवा सम्मान सविता श्रेष्ठ बेहोसी र मातृभूमि सामाजिक सेवा सम्मान हाम्रो बाल संरक्षण धरोहर नेपालकी सञ्चालिका विनिता अर्याललाई प्रदान गरिएको थियो । उक्त पुरस्कार तथा सम्मान क्रमशः नगद रु. २१ हजार, ११ हजार र १० हजार रहेको छ । उक्त सबै पुरस्कार साहित्यकार रुकु कार्कीले स्थापना गरेकी हुन् ।

कार्यक्रममा साहित्यकारहरू शैलेन्द्र साकार, गोविन्द गिरी प्रेरणा, मुरारी सिग्देल, शर्मिला खड्का दाहाल,  विमल भौकाजी, शान्ति सापकोटा, हेमन्ती जोशी, हिरण्यकुमारी पाठक, पवित्रा अधिकारी, सीता बिष्ट कार्की, द्वारिका कुइकेल, दिव्य गिरी, भानुप्रकाश जोशी, मधुसुदन पाण्डेय, मञ्जिला अनिल, गीता अधिकारी, चेतनाथ धमला, उषा केसी, कमला रिसाल, ज्ञान्दरी कैनी, विमला अधिकारी ढकाल, रुद्र पौडेल लगायत उपस्थित थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित