साहित्य साधक कवि नवीन अभिलाषी को तेश्रो कविता संग्रहको एक कार्यक्रमका बीच विमोचन गरिएको छ । डा. अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासीको सभापतित्वमा एवं अतिथि महेश पौडेल,सबिता बिजलीको आतिथ्यमा बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरि कविता संग्रह विमोचन गरिएको थियो ।
यसैक्रममा पाठकीय समीक्षकको रुपमा प्राध्यापक कवि तथा लेखक सविता विमलीले प्रत्यक्ष रुपमा खण्ड विभाजन नगरिएता पनि मूलतः ५ खण्डमा विभाजित प्रस्तुत कृतिले सामाजिक सांस्कृतिक सीमान्तकृत प्रेमिल र राजनैतिक मुद्दाहरु लेखनमा फरक धारका रुपमा बिकशित भइरहेको परिप्रेक्ष्यमा यो कविता संग्रहले यथार्थतालाई टेकेर विचार र मुद्धाहरु जोडदार रुपमा उठाइएको रुपमा आफूले पाएको महशुस गरेको बताएकी छिन् । उनले हरेक मानिसले जीवनमा भोगेका परिघटना सशक्त रुपमा कविताको रुपमा प्रस्तुत हुन नसक्ने भएपनि कविले त्यसलाई सुक्ष्म रुपमा काब्यकी शिल्पको प्रयोगले मानवीय सम्बेदनालाई झंक्रित पार्ने सार्थक प्रयास गरेकोमा खुशी ब्यक्त गरेकी छन् ।
कार्यक्रममा प्रमुख अतिथि कवि तथा समालोचक डा। अमर गिरीले साहित्य आकाशमा कवितालाई सर्वप्रिय बिधाको रुपमा लिइएपनि सबल रुपमा कविता न्यून रहने परिप्रेक्ष्यमा प्रस्तुत संग्रहले वर्तमान समयको पदचापलाई पछ्याएको बताएका छन् । वर्तमान परिप्रेक्षमा समाज मात्र नभएर देश अनि पुरा बिश्वकै स्पष्टता रुपमा समस्याग्रस्त रुपमा रहेकोले कविले लेखकीय अनुशासनको सिमा भित्र रहेर सन्तुलन मिलाउने प्रयास गरेकोमा सन्तोष ब्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै सर्जक कवि नवीन अभिलाषाले यथार्थताको धरातलबाट आफुले कविता सृजना गरेको भएता पनि कृतिमा प्रस्तुत गरिएको सम्पूर्ण पक्षप्रति सचेत रहँदै र भोलिका दिनमा प्राप्त रहने सार्थक अनि यथार्थपरक प्रतिक्रियाको उचित मूल्यांकन गर्दै आगामी लेखन कर्ममा सुधार गर्ने बताए ।












































