बरिष्ठ सई पौडेलको कुटपिट गरी हत्या गरिएको पुष्टि

काठमाडौं । इलाका प्रहरी कार्यालय भिमगिठे, बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्जल पौडेलको हत्या आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

इप्रका भिमगिठेका प्रमुख पौडेल मंगलबार बिहान २ बजेतिर बागलुङको बडिगाड गाउँपालिका–६ स्थित खाल बजारमा रहेको आशा होटल एण्ड खाजा घरमा मृत फेला परेका थिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि भन्दै होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई निन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा होटल सञ्चालक आमा–छोराले मिलेर वरिष्ठ सई पौडेलको हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीका अनुसार वरिष्ठ सई पौडेल सोमबार राति ८ बजेतिर आशा होटल एण्ड खाजा घरमा गएका थिए। खाजा घरमा सञ्चालक आशा कुँवरसँग विवाद भएको देखिएको डीएसपी केसीले जनाएका छन्।

विवादका क्रममा आमा–छोरा मिलेर वरिष्ठ सईलाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ। कुटपिटपछि भुइँमा ढलेका पौडेलको घाँटीमा पर्दाको कपडाले कसेर राति २०:३० बजेको समयमा हत्या गरिएको देखिएको डीएसपी केसीले जानकारी दिए।

उनीहरुले वरिष्ठ सई पौडेलले घाँटीमा लगाएको सुनको सिक्री समेत लुटेको पाइएको प्रहरीले जनाएको छ। सई पौडेलको घाँटीमा रहेको सुनको सिक्री होटेलको किचन र्‍याकमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका आमा–छोराविरुद्ध कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।

363273960 836457681384148 9095870266947435087 n https://newskhari.com/storage/2023/07/khla-e1690257445712.jpg

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित