सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न एआइआइएमएससँग डा.आरजुको आग्रह

नयाँ दिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस) का पदाधिकारीहरूसँग भेट गरेकी छन्। भेटका क्रममा एआइआइएमएसका पदाधिकारीसँग डा. राणाले  सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताइन्।

शनिबार सो इन्स्टिच्युटको भ्रमणका क्रममा डा. देउवाले यस किसिमको ‘डेडिकेटेड’अस्पताल नेपालमा पनि आवश्यक रहेकाले त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न र पूर्वाधार निर्माणमा सहयोग गर्नेबारेमा आग्रह गरेकी हुन्। इन्स्टिच्युटका विज्ञहरूसँगको अन्तक्रियामा डा. देउवाले नेपालमा पनि एआइआइएमएसजस्ता संस्था स्थापना गरी तिनको संस्थागत विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राख्ने बताइन्।

सरकारी र गैरसरकारी निकायको निरन्तर प्रयास हुँदाहुँदै नेपालमा मातृ मृत्युदर र नवजात शिशुको मृत्युदर घटाउन सकिएको भए पनि अझै यो समस्या चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले मुलुकको सुदूरपश्चिम क्षेत्रमा यो समस्यामा अझै रहेको देखिएकाले त्यस क्षेत्रमा एआइआइएमएसको सेवा लैजान आवश्यक रहेको औंल्याइन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत  डा. देउवाले तीन दशकदेखि नेपालमा सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा काम गर्दै  आएकी छन्। उनले नेपालमा एक चुनौतीका रूपमा देखिएको मातृ मृत्यु तथा शिशु मृत्यु घटाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका अभ्यासहरू भित्र्याइ देशका विभिन्न भू–भागमा विशेष अभियान सञ्चालन गर्दै आएकी छन्।

डा. देउवाको आग्रहलाई सहर्ष स्वीकार गर्दै छिट्टै यस सम्बन्धमा आवश्यक पहल सुरु गरिने एआइआइएमएसका निमित्त निर्देशक प्रा.डा.नीना खन्नाले बताए । उनले नेपालकी प्रथम महिला तथा सुरक्षित मातृत्वका क्षेत्रमा लामो अनुभव संगाल्नुभएकी डा. देउवासहितको नेपाली विज्ञहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै नेपाल सरकारसँग समन्वय गरी यस क्षेत्रमा काम गर्न इच्छुक रहेको धारणा राखिन्।

एआइआइएमएसबाट एमबीबीएस र एमडी गरेकी प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. रामपदार्थ बिछाले भारत सरकारले विभिन्न १२ राज्यमा एआइआइएमएसको सेवा विस्तार गरेको उल्लेख गर्दै नेपालमा तत्काल एउटै भए पनि एआइआइएमएस स्थापना हुनसके नेपाली जनताका लागि ठूलो सेवा पुग्ने बताए । उनले सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा दक्ष जनशक्ति तयार, सामूहिक अनुसन्धान, अनुभव आदान–प्रदान र असल अभ्यासमा सहकार्य गर्न सकिने सम्भावना रहेको बताए।

सो अवसरमा प्रधानमन्त्रीका निजी सचिव प्रकाशबहादुर देउवा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का निजी चिकित्सक डा .शैल रुपाखेती, नायब शिष्टाचार महापाल रेवती पौडेलको उपस्थित रह्यो। एआइआइएमएसका मेडिकल सुपरिटेण्डेन्ट डा. डिके शर्मा, डा. नीरजा भट्ला, डा आरती भिज, डा. कालोल रोय, डा. नीना मल्होत्रा, डा. भात्सला डडवाल, डा. गरिमा दड्गवाट र डा .अनुप डगालगायतका वरिष्ठ चिकित्सक र अधिकारीहरूको सहभागिता रहयो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित