काठमाडाैँ । काठमाडौंको नागार्जुन बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक बैण्ड गुल्ममा कार्यरत इन्स्पेक्टर ४३ वर्षीय तीर्थ ढुंगेलको मृत्यु भएको हो।
ढुंगेल शनिबार अपाराह्न ४ः५० बजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टमा गएका थिए। त्यहाँबाट फर्किने क्रममा आफैं सडकमा लडेर अचेत रहेको अवस्थामा स्थानीयले फेला पारेका थिए।
स्थानीयले उनलाई देखेपछि बा २ ज २४५६ नम्बरको ट्याक्सी चढाएर एक जना महिला र अन्दाजी १२– १५ वर्षका किशोरले गरेर मध्यपुर अस्पताल पुर्याएका थिए। बेलुका ५ः३० बजे सोही अस्पतालमा उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनास्थल वरपरका देख्ने सुन्ने व्यक्तिहरू र ट्याक्सी चालकला ई प्रहरी कार्यालय झिकाएर सोधपुछ भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।







































