पूर्व सांसद् रेशम चौधरीको मुद्दामा सकियो बहस

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका पूर्व सांसद् रेशम चौधरीविरुद्धको मुद्दामा आज (मंगलबार) बहस सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा परेको उनको मुद्दा सोमबार हेर्दाहेर्दैमा परेको थियो ।

चौधरीको मुद्दामा बहस सकिएपछि आजै फैसला आउन सक्ने सम्भावना रहेको छ। उनीमाथि २०७२ भाद्र ७ मा भएको टीकपुर घटनामा संलग्न रहेको आरोप छ।

उक्त घटनामा उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो। त्यसपछि उच्च अदालत दिपायलमा पुनरावेदन गएका चौधरीको मुद्दामा उच्च अदालत दिपायलले जिल्ला अदालतकै फैसला सदर गरेपछि उनी सर्वोच्च गएका थिए।

उनीविरुद्ध २०७२ साल भदौ ७ गतेको थारुहट आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी हत्यामा संलग्न रहेको आरोप छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित