फेरिए काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी एसएसपी सुरेश काफ्लेले पाएका छन्।

केही दिनअघि निस्किएको एसएसपीको सरूवामा शान्तिराज कोइरालालाई प्रमुखको जिम्मेवारी दिइएको थियो। प्रधानमन्त्री तथा गृहमन्त्री बालेन शाहस्तरीय निर्णयले कोइरालालाई कार्यालयमा पठाउने निर्णय गरेकोमा विवाद भएपछि काफ्लेलाई जिम्मेवारी दिइएको हो।

कोइराला यसअघि नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुरमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए। प्रहरीमा इन्चार्जबाट पुनः इन्चार्ज दिने व्यवस्था छैन। तर उनको हकमा इन्चार्जमार्फत फेरि इन्चार्ज नै सरूवा भएपछि विवाद भएको हो।

यसरी विवाद उत्पन्न भएपछि विशेष ब्युरोमा रहेका काफ्लेलाई ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी दिएको हो। कोइरालाको भने प्रधान कार्यालय अन्तर्गतको बिशेष ब्युरोमा राखिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित