काठमाडौं । जबर्जस्ती करणी गरेको आरोपमा जुम्लाको पातारासी गाउँपालिका– ५ का वडाध्यक्ष दत्तबहादुर बुढा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई बुधबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार एक महिलाले वडाध्यक्ष बुढाविरुद्ध पटकपटक धम्क्याउँदै जबर्जस्ती करणी गरेको आरोप छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
































