काठमाडौं । कारागारमा रहेका कैदीलाई अस्पताल लैजाने बहानमा मस्तीका लागि होटल पुर्याइएको खुलेपछि दुईजना प्रहरी बर्खास्त भएका छन् ।उनीहरूले सुन्धारा कारागारमा ठगी अभियोगमा थुनामा रहेका अनुप भण्डारीलाई होटलमा पुर्याएको खुलेको हो ।
जेठ १ गते कारागारबाट सामाखुशीस्थित बिनायक अस्पताल लैजाने भनेर कारगारबाट निकाले पनि उनलाई सामाखुशीकै दीप सागर गेस्ट हाउसमा लगेर ३ घण्टा मस्तिमा बिताउन दिएको खुलेको हो ।
भण्डारीलाई कारागारको सुरक्षामा रहेको नेपाल प्रहरी अनाश्रित गुल्म जगन्नादेवलले प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई पठाइएको खुलेको छ । उनीहरू दुवैजानलाई बर्खास्त गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतले जनाकारी दियो ।





























