ओली सार्वजनिक हुने भनिएपछि पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक हुने भनिएपछि नेकपा (एमाले) पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । संविधान दिवसको अवसरमा शुक्रबार बिहान ८ बजेका लागि एमालेले कार्यक्रम राखेको छ ।

सोही कार्यक्रममा अध्यक्ष ओली सार्वजनिक हुने तयारी रहेको एमाले नेताहरूले बताएका छन् । भदौ २४ गते काठमाडौंमा भएको प्रदर्शनपछि ओली प्रधानमन्त्रीबाट राजीनामा दिएर सुरक्षाका लागि सेनाको ब्यारेकमा गएका थिए ।

११ दिनपछि ओली बिहीवार भक्तपुरको गुण्डुस्थित एक घरमा डेरा सरेका थिए । बालकोटस्थित निवासमा तोडफोड र आगजनी भएपछि ओलीले भक्तपुरकै गुण्डुमा डेरा सरेका हुन् ।

संविधान दिवसको अवसरमा एमालेको भातृ संगठन युवा संघले शुक्रवार जुलुस निकाल्दैछ । एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतले राजधानीका १० हजारको जुलुस निकाल्ने २ दिनअघि घोषणा गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित