चार दिनदेखि निसीखोलामा विद्युत वितरण बन्द

ढोरपाटन । जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ ।

निसीखोला गाउँपालिका–४ जोगीथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहको मेसिन बिग्रिदा चारदिनदेखि विद्युत् उत्पादन बन्द छ ।

आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोला गाउँपालिकाअन्तर्गतका बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए ।

जसबाट एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । मेसिन मर्मतका लागि बुटवल पठाइएको र मर्मत भएर आउनेवित्तिकै विद्युत् आपूर्ति हुने उनले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित