आँसुले पनि भोग्न बाँकी छ

रुझ्दा झरीसँगै
बगि नजाने रहेछन् आँसुहरू
यसलाई के थाहा
आँखाको डिलमा बसेर
अनायास बगेजस्तो सजिलो छैन
जमिनका खाल्डाखुल्डीमा बग्न
नहरमा बग्न
नदीमा बग्न
समुद्रमा मिसिन
चोटहरू देख्यो कि
भकानिएर बग्नेले पनि
चाखोस् न आफै
चोटका स्वादहरू
मलाई त लाग्छ
आँसुले पनि जिन्दगी भोग्न बाँकी छ

सर्लक्कै अन्तरआत्मा भिज्ने गरी
उर्लिएका यादहरू
किन त्यो झरीसँगै
बगेर जाँदैनन् होला
म यी यादलाई पनि
भुइँ छुवाउन चाहन्थेँ
संसार चिनाउन चाहन्थेँ
एकचोटि बाह्य संसार
देखेपछि थाहा पाउँथ्यो
भित्र कोमल मनमा बसेर
लडि भगत गरेजस्तो सजिलो छैन
बाहिरी कठोर दुनियाँसँग बाज्न
मलाई त लाग्छ
यादले पनि जिन्दगी भोग्न बाँकी छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित