एलन मस्कको कम्पनी ‘स्पेसएक्स’ को रकेट चन्द्रमामा ठोकिंदै

एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी ‘स्पेसएक्स’ले प्रक्षेपण गरेको रकेट चन्द्रमामा ठोक्किएपछि विस्फोट हुन लागेको छ।

फाल्कन ९ बुस्टर नामको यो रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको थियो। मिसन पूरा नगरेपछि पृथ्वीमा फर्कन पर्याप्त इन्धन बाँकी थिएन र यो अन्तरिक्षमा नै रह्यो।

खगोलविद् जोनाथन म्याकडोवेलले चन्द्रमासँग पहिलोपटक अनियन्त्रित रकेट टक्कर हुने बताए। तर यसको असर भने निकै कम हुने उनको भनाइ छ।

एक लाख माइलको यात्रामा अन्तरिक्ष मौसम उपग्रह पठाउने मिसन पूरा भएपछि सात वर्षअघि रकेटलाई उच्च कक्षमा खसालिएको थियो।

यो एलन मस्कको अन्तरिक्ष अन्वेषण कार्यक्रम ‘स्पेसएक्स’ को एक हिस्सा थियो। ‘स्पेसएक्स’एक निजी कम्पनी हो जसले अन्य ग्रहमा मानिस बस्ने सम्भावनाको अध्ययन गर्ने काम गर्छ।

अमेरिकाको हार्वर्ड-स्मिथसोनियन सेन्टरका एस्ट्रोफिजिक्सका प्रोफेसर म्याकडोवेल भन्छन्, ‘सन् २०१५ पछि पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षणले यो रकेटलाई तान्न थाल्यो, जसले गर्दा यसले आफ्नो बाटो गुमाएको थियो। यो बन्द थियो। यो केवल गुरुत्वाकर्षणको दिशामा तानिरहेको थियो।’

प्रोफेसर म्याकडोवेलले भने, ‘विगत दशकहरूमा हामीले अन्तरिक्षमा लगभग ५० वटा ठूला वस्तुहरू गुमायौं। यस्तो भिडन्त पहिले पनि भएको हुनुपर्छ, तर हामीलाई थाहा थिएन। पुष्टि हुने घटना भने यो पहिलो हो।’

फाल्कन ९ बुस्टर चार टनको मेटल ट्याङ्की हो जसको पछाडि रकेट इन्जिन छ। यदि यो ५०० माइल प्रति घण्टाको गतिमा चट्टानसँग ठोक्कियो भने, त्यहाँ केही क्षति हुनेछ। बीबीसी हिन्दीबाट

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित