हेटौँडा । बागमती प्रदेशसभाको बैठक बुधबार बस्दैछ। बैठक आज बिहान ११ बजे प्रदेशसभा भवन हेटौँडामा बस्ने जनाइएको छ। प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभामा आजबाट असार १ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल सुरु हुनेछ।
हिजोका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाको अवरोधका कारण अवरुद्ध भएको थियो। एमाले र राप्रपाले बजेटमा भेदभाव भएको भन्दै अवरोध गरेका थिए। आज सहमति कायम गरेर बैठक बस्न लागेको हो। आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए।



































