बागलुङमा बागी उम्मेदवारले गठबन्धनलाई तनाव !

गठबन्धन र तालमेलका कारण बागलुङमा बागी उम्मेदवारी अत्याधिक परेको छ। गठबन्धन र तालेमेलका कारण प्रमुख पदमा महिला उम्मेदवार कम भएको अवस्थामा केही महिलाले पार्टीमा बिद्रोह गरेका छन् भने केहीले पार्टीनै परित्याग गरेर उम्मेदवारी दर्ता गराएका छन्।

महिला सङ्घ बागलुङकी सचिव उषा पौडेलले गठबन्धनका कारण आफूलाई टिकट नदिएपछि नेकपा एमाले प्रवेश गरेर जैमिनीको उपप्रमुखमा एमालेबाट उम्मेदवारी दिएकी छन्। गठबन्धनका नाममा महिलालाई पाखा लगाउने काम भएको भन्दै उनले पार्टी नै छोडिन्।

यस्तै गठबन्धनका तर्फबाट जैमिनी नगरपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेपाली कांग्रेसको भागबण्डामा परेपछि जनमोर्चाकी रुद्रा क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्।

गठबन्धनका कारण आफूले टिकट नपाएको, पार्टीमा मूल्याङ्कन नभएको भन्दै पार्टी छोड्ने, अर्को पार्टीको चुनाव चिह्नबाट लड्ने र स्वतन्त्र उठ्नेको सङ्ख्या धेरै छ। ताराखोला गाउँपालिकामा अध्यक्ष प्रकाश घर्तीले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन्।

नेकपा (माओवादी केन्द्र)ले ताराखोलामा धनबहादुर विकलाई अध्यक्षको उम्मेदवार बनाएपछि घर्तीले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

यस्तै गलकोट नगरपालिकामा नेपाली कांग्रेसकी मञ्जु शर्मा चालिसेले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। कांग्रेस बागलुङका जिल्ला सदस्य चालिसेले नगरप्रमुखमा दाबी गरे पनि पार्टीले पुुनः भरत शर्मा गैरेलाई दोहोर्‍याउने निर्णय गरेपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएकी हुन् । गलकोटमा उपमेयर नपाएपछि माओवादी केन्द्रका गलकोट अध्यक्ष तिलक उप्रेतीले स्वतन्त्रबाट उठेका छन्।

ढोरपाटन नगरपालिकामा कांग्रेसकी दिलमाया पौवीले स्वतन्त्रबाट नगरप्रमुखमा उम्मेदवारी दिएकी छन्। गठबन्धनबाट प्रमुख पद माओवादीलाई परेपछि उनले रुष्ट भएर नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन्। एमालेले बागलुङ नगरपालिका–२ मा रामबहादुर जिसी र ३ मा कमल खड्कालाई उठाएपछि रामराजा गुरुङ र पुनमप्रसाद शर्मा बागी उम्मेदवार बनेका छन्। यस्तै बानपा–३ मा माओवादी केन्द्रका बाबुलाल शाक्यले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन्।

पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमै बागी र स्वतन्त्र उम्मेदवारी परेपछि कांग्रेस, माओवादी केन्द्र, एमाले, राष्ट्रिय जनमोर्चालगायत दललाई असन्तुष्ट बनेर पार्टी छाडेका, बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सम्झाउन हम्मेहम्मे परेको छ। उम्मेदवारी फिर्ता लिने आयोगको समय तालिकाअनुसार यही वैशाख १६ गते साँझ ५ बजेसम्म रहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित