भैरहवाको क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

बुटवल । भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोबाट म्यानेजरसहित १९ जना नेपाली पक्राउ परेका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालनमा रहेको उक्त क्यासिनोमा कानूनविपरीत नेपालीहरू जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न १९ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार मंगलबार राति जुवा खेलाउने ४ जना र खेल्ने १५ जनालाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ नगद, १७ थान मोबाइल र २ सय थान क्यासिनो क्वाइन बरामद गरिएको छ।

पक्राउ परेकामध्ये १५ जना रुपन्देहीका रहेका छन् भने बाँकी काठमाडौं, ललितपुर, गुल्मी र पर्साका एक–एक जना रहेका छन्। प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित