संसद्‍मा दर्ता भयो संघीय निजामती विधेयक

काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । सरकारले अंग पुर्‍याएर विधेयक ल्याएपछि संसद सचिवालयले दर्ता गरेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

यसअघि सरकारले संघीय संसद सचिवालयमा दर्ता गर्न लगेको संघीय निजामती विधेयकमा सैद्धान्तिक लगायतका प्राविधिक पक्ष मिलाउनुपर्ने देखिएको भन्दै दिउँसो मिलाएर ल्याउन सचिवालयले सरकारलाई सुझाव दिएको थियो ।

‘अहिले अंग पुर्‍याएर ल्याएपछि दर्ता भयो’ गिरीले भने । प्रस्तावित विधेयकमा प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघीय दरबन्दीमा रहने, उनीहरूलाई संघले पठाउने र खटनपटन भने प्रदेशले नै गर्ने उल्लेख छ । १० वर्षपछि प्रदेशले व्यवस्थापन मिलाउने विधेयकमा उल्लेख छ ।

विधेयकमा निजामती सेवाका सबै पदलाई तहगत बनाइएको छ । यसअघि श्रेणी र तह गरी दुई पद रहेकोमा अब १४ तहसम्म रहने प्रावधान राखिएको छ । सहसचिवलाई ११ औँ र १२ औँ दुई तहको प्रस्ताव गरिएको छ । १३ औँ तहको सचिव हुने र १४ तहको मुख्यसचिव हुने प्रस्ताव विधेयकमा छ । अब १२ औँ तहमा पुगेको सहसचिव मात्र सचिव हुनेछन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित