कांग्रेस विवाद : देउवा समूह गर्यो पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढेको छ । कांग्रेसमा नेता शेरबहादुर देउवा समूहले आज बिहान छुट्टै भेला आयोजना गरी समानान्तर प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

केन्द्रीय समितिको बैठक सानेपामा जारी रहेका बेला देउवा समूहले पुरानो केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरुलाई छलफलका लागि बोलाएको थियो ।

बैठकमा सहभागी नेता मीन विश्वकर्माले अदालतमा कांग्रेस नेतृत्वबारेमा मुद्दा विचाराधीन रहेकाले अन्तिम फैसला नआएसम्म ‘समानान्तर गतिविधि’ कायमै रहने बताए । उनका अनुसार अघिल्लो केन्द्रीय समितिले कारबाही गरेका दुई नेता गगन थापा र विश्वप्रकाश शर्मालाई भने बैठकमा बोलाइने छैन ।

“उहाँहरु कारबाहीमा पर्नुभएको छ, कारबाहीमा परेकालाई बोलाउन मिल्दैन,” उनले भने, “केन्द्रीय समितिको बैठक बोलाउने दिनको निर्णय गर्ने जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।”

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित