काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौंमा मतदान गरेर चितवनतिर लागेका छन् ।
चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका रवि स्थलमार्ग हुँदै चितवन हिँडेको उनको सचिवालयले जनाएको छ । त्यसअघि रास्वपाकै वरिष्ठ नेता बालेन शाह काठमाडौंमा मतदान गरेर हेलिकोप्टरमार्फत झापा लागेका थिए । उनी झापा– ५ बाट उम्मेदवार हुन् ।




































