टिकट वितरणमा ओलीको ‘एक्लौटी’ : ईश्वरदेखि गोकुलसम्मले पाएनन् टिकट

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश क्षेत्रमा पार्टीका उमेदवार टुंग्याएको छ । तर, शनिबारको उक्त बैठकबाट एमालेमा फरक मत राख्ने नेताहरूले नै टिकट पाएनन् ।

एमालेको ११औँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिएका ईश्वर पोखरेलको टिकटबारे निर्णय भएन । उनी काठमाडौं ५ बाट चुनाव लड्दै आए पनि सो क्षेत्रमा एमालेले उमेदवार छान्न बाँकी राखेको छ ।

पार्टी नेतृत्वले टिकट वितरण गर्दा २०७९ को निर्वाचनमा सानदार जित निकालेका काभ्रे–२ का गोकुल बास्कोटा र पाल्पा–२ का ठाकुर गैरेलाई समेत यसपटक उम्मेदवार नबनाउने निर्णय ओलीले गराएका छन् ।

विशेषगरी पाल्पा–२ को विषयलाई लिएर एमालेभित्र असन्तुष्टि चुलिएको छ । रुपन्देही–२ बाट चुनाव लड्दै आएका उपाध्यक्ष विष्णु पौडेललाई यसपटक पाल्पा–२ को टिकट दिएर युवा नेता ठाकुर गैरेलाई पञ्छाइएको छ ।

यो निर्णय हुनुअघि बसेको पदाधिकारी बैठकमा केही नेताहरूले कडा आपत्ति जनाएका थिए । ‘पार्टीका उपाध्यक्ष नै आफ्नो क्षेत्र असुरक्षित देखेर भागेको सन्देश जाने गरी यस्तो निर्णय नगरौँ, यसले ठाकुर गैरेमाथि मात्र होइन, निष्ठावान कार्यकर्तामाथि समेत अन्याय हुन्छ,’ भन्दै पदाधिकारीहरूले तर्क गरेका थिए । तर, गोकुल बास्कोटा र ठाकुर गैरे जस्ता नेताहरूलाई रोक्ने प्रस्तावमा अध्यक्ष ओली टसको मस भएनन् र आफ्नै प्रस्ताव बमोजिमको निर्णय सदर गराए ।

इतर समूहका नेताहरूलाई पाखा लगाउने क्रममा मोरङका नेता विनोद ढकाल पनि शिकार भएका छन् । मोरङका तीनवटा क्षेत्र (१, ४ र ६) बाट सिफारिस भएका ढकालको नाममा नेतृत्वले कुनै सुनुवाइ नै गरेन । त्यस्तै, पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलाई पनि यसपटक चुनावी रिङबाट बाहिरै राखिएको छ । चितवन–१ बाट निरन्तर चुनाव लड्दै आएका पाण्डेको नाम जिल्लाबाट सिफारिस नै नभएको बहानामा नेतृत्वले उनलाई पन्छाएको छ ।

फरक कित्तामा लागेकै कारण टिकटबाट वञ्चित हुने नेताहरूको सूची निकै लामो छ । झापा–४ बाट एलपी सावा, इलाम–२ बाट महेश बस्नेत, ओखलढुंगाबाट अमिरबाबु गुरुङ र सुनसरी–१ बाट जय राईलाई नेतृत्वले उम्मेदवार नबनाएको हो।

काठमाडौंमा समेत ओलीले आफ्ना आलोचकहरूलाई बाँकी राखेका छैनन् । काठमाडौँ–३ बाट कृष्ण राई र काठमाडौं–९ बाट कृष्णगोपाल श्रेष्ठलाई टिकट नदिनुमा उनीहरू फरक गुटमा आबद्ध हुनु नै मुख्य कारण रहेको नेताहरू बताउँछन् ।

सिन्धुली–१ बाट गणेश पहाडी, रामेछापबाट रत्न गौतम र कास्कीबाट मनबहादुर गुरुङ जस्ता अनुहार पनि यसपटक उम्मेदवार बन्ने अवसरबाट रोकिएका छन् ।

कतिसम्म भने बारा–२ मा जिल्लाबाट उम्मेदवारको नाम सिफारिस हुँदा जम्मा ४ मत पाएकी ज्वाला साहलाई टिकट सुम्पिइएको छ भने बलियो दाबेदार मानिएका अत्यानन्द पाण्डेलाई पाखा लगाइएको छ ।

म्याग्दीका बालकृष्ण सुवेदी, कैलाली–२ का झपट रावल, कञ्चनपुर–१ का तारा लामा र बाजुराका कर्ण थापाले टिकट नपाउनुको पछाडि आफ्नो गुटमा नरहनु भएको भन्दै एमाले नेता कार्यकर्तामा आक्रोश देखिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित