भुगोलको उम्मेदवार बाहेक अरू आए विद्रोह गर्छाैँ : नेकपा बागलुङ

बागलुङ । नेपाली कम्युनिष्ट पार्टी बागलुङले भुगोलको बाहेक अन्य उम्मेदवार स्वीकार नगर्ने भएको छ । नेपाली कम्युनिष्ट पार्टी बागलुङका संयोजक प्रकाश घर्तीमगरले भुगोलको बाहेक अन्य उम्मदेवार पार्टीले स्वीकार नगर्ने बताएका हुन् ।

न्यूज खरीसँग कुराकानी गर्दै उनले भने-‘पार्टी र स्थानीय जनताको मनोभावना विपरित हामी जाँदैनौं, पार्टीका आदरणीय नेता झलनाथ खनाल आउने चर्चा सुनिएको छ, उहाँप्रति हाम्रो सम्मान छ । हामीले हाम्रै भुगोलको नेतालाई यस पटक उम्मेदवार बनाउँछौं ।’

पहिलेदेखि नै बाहिरबाट आउने, चुनाव लड्ने र सोचे अनुसारको काम नभएको बताउँदै पार्टीले अन्य नेतालाई पठाए प्रतिवाद गर्ने उनले बताए ।

‘बाहिरबाट उम्मेदवार आउँदा यहाँको जनताको मनोविज्ञान नेतृत्व विकासमा बाँधा पुर्याएको छ,’ नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजीव घिमिरेले भने, ‘यस पटक बाहिरको उम्मेदवार हामीले स्वीकार गर्दनौं पार्टीले जबर्जस्त गरे हामीले विद्रोह गछौं ।’ यसअघि न्यूज खरीले पार्टीका नेता झलनाथ खनाल बागलुङ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

नेपाली कम्युनिष्ट पार्टी बागलङले प्रतिनिधिसभामा बागलुङ क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ देवेन्द्र पौडेल, कृष्णबहादुर केसी, बाबुकाजि केसी, पिंगलराज गौतम, चिनिमाया काला मगर, कुलचन्द्र शर्मा, होमनाथ शर्माको नाम सिफारिस गरेको छ ।

यस्तै बागलुङ क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ज्ञामनाथ गैरे अनिल, कमलप्रसाद घिमिरे, हर्क थापा, केशरी घर्ती मगर, चन्द्रलाल अर्याल, दिवस खत्री, अभिषेक जंग र्सिपाली छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित