बागलुङ । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिष्पर्धाको तयारीमा जुटेका छन् । यसअघि इलाम क्षेत्र नम्बर १ बाट पटक–पटक निर्वाचित भएका खनाल राष्ट्रिय राजनीतिमा स्थापित हुँदै प्रधानमन्त्री समेत बनेका हुन् ।
इलाम–१ बाटै उनी २०५६ र २०७९ सालको निर्वाचनमा भने पराजित भएका थिए । नेपाली कम्युनिष्ट पार्टीले नै निर्णय गरेर खनाललाई बागलुङ-२ पठाउन लागेको हो ।
‘मैले राजनीतिको बिजारोपण नै बागलुङबाट गरेको हो । गलकोटमा पढाउँदा देखि नै सक्रिय रुपमा राजनीतिमा सहभागी भएको थिएँ’, उनले भने ।
































