कांग्रेसको नयाँ नेतृत्व चयन गर्न विशेष महाधिवेशनमा निर्वाचन कार्यक्रम सार्वजनिक

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ। विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार कांग्रेसको विधानको व्यवस्था अनुसार उम्मेदवारको मनोनयन प्रक्रिया अघि बढ्नेछ। विशेष महाधिवेशनबाट पारित हुने विधान निर्वाचन आयोगबाट प्रमाणीकरणपछि मात्रै लागू हुने भएकाले पुरानै विधानमा उल्लेख भएका पदका आधारमा निर्वाचनको तयारी गरिएको केसीले बताए।

कांग्रेसको विधानमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ सहित केन्द्रीय सदस्यको लागि मतदान हुनेछ। आज मध्याह्न साढे १२ देखि साढे १ बजेसम्म मतदाता नामावली प्रकाशनको कार्यतालिका छ भने अन्तिम नामावली २ बजे प्रकाशन गरिनेछ।

त्यसपछि दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। राति ९ बजेदेखि मतदान सुरु हुने कार्यतालिका छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित